काठमाडौँ । न्यायाधीश खुसीप्रसाद थारुलाई कालो मसी छ्यापेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । नेकपा बहुमतमा आबद्ध तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका एक जना अधिकृतले बताए ।
वीरगन्जस्थित उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश थारुलाई बिहीबार आरोपीहरूले चेम्बरमा बसिरहेको अवस्थामा कालो मसी छ्यापेका हुन् । न्यायाधिीशद्व खुसीप्रसाद थारु र अर्जुन महर्जनले हत्या आरोपी कांग्रेस नेता मोहमद अफताव आलमलाई सफाई दिने फैसला गरेका थिए ।
जेठ १४ मा भएको सो फैसलाबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् । न्यायाधिशद्वयले जिल्लाको फैसला उल्ट्याउँदै सफाइ दिएका थिए ।
फैसलाको संक्षिप्त पाठअनुसार सफाइ दिन अदालतले आलमलाई महान्यायाधिवक्ताको कार्यालयले यसअघि मुद्दा चलाउन नपर्ने निर्णय गरेको तथा सर्वोच्च अदालतले गरेको परमादेश, विस्फोटमा घाइते भनिएका पिन्टु भनिने त्रिलोक प्रकाश सिंह र ओशी अफताबलाई ट्याक्टरमा हाली राजा इट्टाभट्टामा ल्याइ पोलिएको भन्ने ठोस सबुत प्रमाण वादीले पेस गर्न नसकेको आधार देखाएको थियो । फैसलाको पूर्णपाठ आइसकेको छैन ।