सिरहामा युवतीको छुरा प्रहारबाट युवक घाइते



नागरिक अपडेट


सिरहा । सिरहाको गोलबजारमा एक किशोरीले आफ्नै प्रेमी भनिएको युवकमाथि छुरा प्रहार गरेकी छन् । छुरा प्रहारबाट गोलबजार नगरपालिका–१३ घर भई वडा नम्बर ४ बस्ने २४ वर्षीय अशोक कुमार महतो गम्भीर घाइते भएका हुन् ।

Advertisement

युवकको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको छ । छुरा प्रहार गरी भाग्ने क्रममा घाइते भएका युवकको स्थानीय लाइफ लङ्ग अस्पतालमा उपचार गराइएको र पछि जिल्ला प्रहरी कार्यालय सिरहा लगिएको छ ।

Advertisement

Advertisement

स्थानीयका अनुसार पछिल्ला केही दिनदेखि किशोरी युवकको कोठामा पुग्ने गर्थिन् । बिहीबार पनि किशोरी युवकको कोठामा पुगेकी थिइन् । र उनले केही बेरपछि छुरा प्रहार गरेकी स्थानीयहरू बताउँछन् । किशोरीमाथि जबरजस्ती गर्न खोजेपछि उनले बचाउका लागि छुरा प्रहार गरेको भने पनि अहिलेसम्म खुल्न सकेको छैन ।

किशोरीले युवकको डेरामा रहेको तरकारी काट्ने चक्कुले प्रहार गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले घटना भएको बताए पनि विरणहरू आउन बाँकी रहेको बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया