अर्को साता इरान र अमेरिकाको वार्ता गर्ने



एजेन्सी


वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता इरान भ्रमण गर्ने बताएका छन्। बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अर्को साता इरान भ्रमण हुनसक्ने सम्भावना व्यक्त गरेका हुन्। उनले सो भ्रमणमा आणविक वार्ता आवश्यक नभएको कुरामा जोड दिए।

Advertisement

अहिले मध्यपूर्वमा बढ्दो तनावमा इरानसँगको वार्ताको विषयमा थुप्रै प्रश्न भने उठ्न थालेका छन्। इरानको आणविक क्षमता पूर्ण रूपमा नास भएका कारण आणविक सम्झौता जरुरी नभएको कुरामा ट्रम्पले जोड दिए। ‘हामी आणविक चाहँदैनौ। हामीले आणविक केन्द्र नष्ट गरेका छौँ ।

Advertisement

अर्को भाषामा भन्ने हो भने यो नासिएको छ। इरानले फेरी यो बनाउन सक्दैन भन्नेमा मलाई पूर्ण विश्वास छ’, ट्रम्पले भने। ट्रम्पले विदेश मन्त्री मार्क रुबियोलाई सहमतिका लागि पत्र तयार गर्न भनिसकेका छन्। उनले इरानसँगको यस्तो सहमतिको खोजी गर्ने प्रयास गरेका छन्,।

Advertisement

जुन सहमति लामो समयसम्म रहोस्। रुबियोले इरानसँगको यो वार्ता प्रत्यक्ष हुने दाबी गरेका छन्। उनले यो वार्तामा मध्यस्थता आवस्यक नभएको बताएका हुन्।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया