दाङमा भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण



रासस


बुटवल । दाङमा २३ जना भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले जिल्लामा पहिलो पटक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । जिल्लाको लमही नगरपालिका वडा नं ३ कान्छिगाउँका २३ घरधुरीलाई ८ धुरदेखि एक कट्ठासम्मको बसोबासका लागि जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ ।

Advertisement

भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी, आयोगका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, उपप्रमुख लक्ष्मी योगी लगायतले भूमिहीन सुकुम्वासीलाई संयुक्त रूपमा लालपुर्जा हस्तान्तरण गरेका हुन् ।

Advertisement

भूमि समस्या समाधान आयोग जिल्ला समितिको २०८२ साल जेठ ११ गतेको बैठकले भूमिहीन सुकुम्वासीलाई लालपुर्जा उपलब्ध गराउने निर्णय गरेको थियो । अध्यक्ष रिजालले तोकिएको समय सीमाभित्र भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिने प्रतिबद्धता जनाए ।

Advertisement

लमही नगरपालिकाको आयोजनामा, जिल्ला भूमि समस्या समाधान आयोग, संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम र सामाजिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया