गत वर्षभन्दा १३.९५ प्रतिशतले एसईईको नतिजामा सुधार



नागरिक अपडेट


काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत वर्षभन्दा सुधार भएर आएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।२०८० सालको एसईईको नतिजामा ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए ।

Advertisement

२०८१ सालको एसईईको नतिजामा १३.९५ प्रतिशतले सुधार आएको हो । यस वर्षको एसईईमा १ लाख ६७ हजार ५९७ परीक्षार्थी फेल भएका छन् । नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जना मात्रै उत्तीर्ण भएका हुन् ।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया