कञ्चनपुरका खोलामा बहाव बढ्न सक्ने,सतर्कता अपनाउन आग्रह



नागरिक अपडेट


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले कञ्चनपुर जिल्लाका केही क्षेत्रमा पछिल्लो घण्टाहरूमा मध्यम वर्षा मापन भएको जनाउँदै साना खोलाहरूमा बहाव बढ्न सक्ने चेतावनी दिएको छ।

Advertisement

विभागले आज (सोमबार) बिहान ४ः३० बजे एक सूचना जारी गर्दै विगत ३ घण्टामा खल्लागोठ र शान्तिपुर बेलौरी वर्षामापन केन्द्र तथा त्यस आसपासका क्षेत्रमा मध्यम वर्षा भएको जनाएको हो।

Advertisement

वर्षाका कारण सो क्षेत्र भएर बहने सिहाली, दोदा ९मछेली० लगायतका साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया