सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन



नागरिक संवाददाता


प्युठान– सुनचाँदी व्यवसायमा गरिएको नयाँ करको विरोधमा देशभर आन्दोलनरत व्यवसायीप्रति प्यूठान उद्योग वाणिज्य संघले समर्थन जनाएको छ। संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनचाँदी व्यवसायमा गरेको कर नीति व्यवसायीलाई निरुत्साहित गर्ने खालको रहेको बताएको हो।

Advertisement

‘विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई चर्को व्याजदर तिरी व्यवसाय सञ्चालन गरेका व्यवसायीहरू अहिले मन्दीका कारण समस्यामा छन्। यस्तो अवस्थामा थप कर लगाइनु अनुचित छ,’ विज्ञप्तिमा भनिएको छ।देशभरका सुनचाँदी व्यवसायीहरू शान्तिपूर्ण रूपमा व्यवसाय बन्द गरी आन्दोलनमा रहेका छन्।

Advertisement

उनीहरूको जायज माग सुन्न र समाधानका लागि वार्ता तथा संवादको वातावरण बनाउन संघले नेपाल सरकारसँग माग गरेको छ। प्युठानका सुनचाँदी व्यवसायीहरुले गएको ६ दिनदेखि पसल बन्द गरेर आन्दोलन गरिरहेका छन।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया