प्रधानमन्त्रीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत :परराष्ट्र मन्त्रालय



नागरिक अपडेट


काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउन मद्दत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ६ दिने औपचारिक स्पेन भ्रमण गरी शुक्रबार साँझ प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल स्वदेश फर्केपछि परराष्ट्रसचिव अमृत राईले प्रेस नोट बाचन गर्दै यस्तो बताएका हुन् ।

Advertisement

विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन गएका प्रधानमन्त्री ओली शुक्रबार कतारको दोहा हुँदै स्वदेश फर्किएका हुन् । ‘सम्मेलनका क्रममा प्रधानमन्त्रीसँग भएका भेटघाटले स्टोनिया, स्पेन, पोर्चुगल, इजिप्टलगायतका मित्रराष्ट्रहरूको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छ’।

Advertisement

परराष्ट्र सचिव राईले भने, ‘साथै नेपाल र संयुक्त राष्ट्र सङ्घसँगको सम्बन्ध र सहकार्यलाई अझ मजबुत बनाउन मद्दत पुगेको छ । सम्मेलनमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत बनाउन मद्दत पुगेको छ ।’

Advertisement

यो पनि…

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, तस्बिरहरू

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, तस्बिरहरू

सञ्चारकर्मीसँग साक्षात्कार नगरी विमानस्थलबाट निस्किए प्रधानमन्त्री ओली

सञ्चारकर्मीसँग साक्षात्कार नगरी विमानस्थलबाट निस्किए प्रधानमन्त्री ओली

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया