काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- काभ्रे, मण्डनदेउपुर नगरपालिका-६ तिनकुनेस्थित सडकमा मेलम्चीबाट कुन्ताबेशीतर्फ आउँदै गरेको बा.५४ प २६५४ नम्बरको मोटरसाइकल बा.४ ख ७५४७ नम्बरको टिपरमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक मण्डनदेउपुर नगरपालिका-९ बस्ने २८ वर्षीय बिनोद रम्तेलको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
- सप्तरी, छिन्नमस्ता गाउँपालिका-१ बरहीबिरपुरस्थित सडकमा राजबिराजबाट लोखरमतर्फ जाँदै गरेको स.१ ह ९०९ नम्बरको सिटि सफारीको ठक्करबाट पैदलयात्री बिष्णुपुर गाउँपालिका-४ कनकट्टा बस्ने ४० वर्षीय कुशेश्वर मरिकको शुक्रबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सिटि सफारी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
- धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित सडकमा महेन्द्रनगरबाट जनकपुरतर्फ जाँदै गरेको म.प्र.-०२-००८ प ०६३६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया शनिचरी महराको शुक्रबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको जानकी हेल्थ केयर अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
- कञ्चनपुर, पुनर्वास नगरपालिका-१ अंशुवर्मास्थित सडकमा सु.प.प्र.०१-०११ प ३४३२ नम्बरको मोटरसाइकल र सु.प.प्र.०१-००१ ह ४६०४ नम्बरको अटो एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा अटो चालक पुनर्वास नगरपालिका-२ मोतिबस्ती बस्ने ५० वर्षीय दान सिंह धनाडीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
- ललितपुर, ललितपुर महानगरपालिका-१५ धापाखेल मोडस्थित सडकमा बाग्मती प्रदेश ०१-००६ ख ५५९४ नम्बरको ट्याङ्करले प्रदेश.२-०२-००१ प २६९९ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार गोदावरी नगरपालिका-१ गोदामचौर बस्ने खोटाङ घर भएका २२ वर्षीय अविशन राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र ट्याङ्करका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- झापा, मेचीनगर नगरपालिका-१० ढाड चोकमा प्र.१-०१-००२ ह ७१०५ नम्बरको सिटी सफारी अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-११ बस्ने ३२ वर्षीय राज कररियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
- नवलपरासी पश्चिम, पाल्हिनन्दन गाउँपालिका-१ झरहीखोलास्थित सडकमा लु.२ ख ६५४ नम्बरको बसले लु.४७ प ४८७९ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।