टेक्सासमा बाढिका कारण ९ बालबलिका सहित २७ जनाको मृत्यु



एजेन्सी


काठमाडौँ। अमेरिकाको टेक्सास राज्यमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या बढेर २७ पुगेको छ। बीबीसी हिन्दीका अनुसार मृत्यु हुनेमध्ये १८ जना वयस्क र ९ जना बालबालिका छन्। बाढीपछि ८५० भन्दा बढी व्यक्तिहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको छ भने ८ जना घाइतेको उद्धार गरिएको छ।

Advertisement

खोज तथा उद्धार कार्य अहिलेसम्म जारी छ र हराएका सबै व्यक्तिहरू फेला नपरेसम्म अभियान सञ्चालन गरिने एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हराइरहेका व्यक्तिहरूमध्ये २७ जना बालिकाहरू पनि छन्, जो स्थानीय समर क्याम्पमा सहभागी थिए।

Advertisement

यस आपत्कालीन अवस्थापछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्, “ट्रम्प प्रशासन टेक्सासमा आएको बाढीपछिको राहत र उद्धार कार्यका लागि राज्य तथा स्थानीय निकायसँग मिलेर काम गरिरहेको छ।”

Advertisement

अहिले पनि बाढीबाट प्रभावित क्षेत्रमा उद्धार टोलीहरू परिचालनमा छन् र प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्ने तथा हराएका व्यक्तिहरूको खोजी तीव्र बनाइएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया