इजरायलद्वारा लेबनानका विभिन्न क्षेत्रमा हवाई आक्रमण



एजेन्सी


काठमाडौँ । इजरायली सेनाले लेबनानका थुप्रै स्थानहरूमा हवाई आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका भिडियोहरूका अनुसार आक्रमणहरू लेबनानका पूर्वी, दक्षिणी र पहाडी क्षेत्रहरूमा केन्द्रित रहेको अलजजीराले जनाएको छ ।

Advertisement

लेबनानको सरकारी समाचार एजेन्सी नेशनल न्यूज एजेन्सी का अनुसार इजरायली युद्धक विमानहरूले पूर्वी लेबनानको बोडाई सहर नजिक कम्तीमा तीन पटक बमबारी गरेका छन्।

Advertisement

त्यसैगरी, दक्षिणी लेबनानको टायर सहर नजिकको अर्जी र बुर्ज रहाल क्षेत्रका छेउमा पनि तीनवटा आक्रमण भएको जनाइएको छ। सिदोन नजिकको कफर मेल्की क्षेत्र, लिटानी नदी किनारका दुई शहर र इक्लिम अल-टुफाहको पहाडी क्षेत्रमा समेत बमबारी गरिएको छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया