गाजाको युद्ध रोक्न कतारमा वार्ता सुरु, नेतन्याहू अमेरिका प्रस्थान



एजेन्सी


काठमाडौँ। इजरायल र हमासबीच युद्धविरामको नयाँ वार्ता कतारमा सुरु भएको छ। यो वार्ता अप्रत्यक्ष रूपमा कतार र इजिप्टको मध्यस्थतामा भइरहेको हो।

Advertisement

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अमेरिका प्रस्थान गरेका छन्। उनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेर बन्धक मुक्तिको प्रयास र युद्ध विरामबारे कुरा गर्ने बताएका छन्।

Advertisement

इजरायलले हमासका बन्धकहरू छुटाउने, हमासको शक्ति नष्ट गर्ने, र गाजाबाट खतरा हटाउने मुख्य तीन उद्देश्य पूरा गर्नुपर्ने बताएको छ। हमासले पनि युद्धविरामको प्रस्तावलाई सकारात्मक रूपमा लिएको भए पनि अझै पनि दुई पक्षबीच गम्भीर मतभेद छन्।

Advertisement

गाजामा सामान्य मानिसहरूको ज्यान जान अझै रोकिएको छैन। आइतबार मात्रै ३० भन्दा बढी मानिस मारिएको गाजाको अस्पतालले जनाएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया