काठमाडौँ। आज (मंगलबार) बिहान २ः२० बजे कैलाली जिल्लाको बचिला वर्षा मापन केन्द्र तथा वरपरका क्षेत्रहरूमा मध्यम वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागले थप वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन स्थानीय बासिन्दालाई अनुरोध गरेको छ।
विभागले एक सूचना जारी गर्दै वर्षाका कारण साना खोलानालामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको बताउँदै सतर्क रहन अनुरोध गरेको छ ।





