‘कमब्याक‘ गर्दै ‘बीटीएस’ : सन् २०२६ मा नयाँ एल्बम र वर्ल्ड टुर



एजेन्सी


काठमाडौं – विश्व चर्चित दक्षिण कोरियन म्युजिक ब्यान्ड बीटीएसले कम ब्याकको घोषणा गरेको छ । ४ वर्षपछि यो समूहले नयाँ गीत सार्वजनिक र स्टेजका कार्यक्रममा फर्कने घोषणा गरेको हो । दक्षिण कोरियाको कानुनले १८ देखि २८ वर्ष उमेर समूहका सबै योग्य पुरुषहरूलाई डेढ वर्षदेखि २१ महिनासम्म सैन्य सेवा गर्नुपर्ने अनिवार्य गरेको छ ।

Advertisement

यो समूहका सबै सदस्यहरुले सैन्य सेवा पूरा गरेर संगीतमा फर्किएको बुझिएको छ । यस समूहले सन् २०२६ को नयाँ एल्मब सार्वजनिक गर्ने र त्यसपछि वर्ल्ड टुरमा सहभागी हुने बताएको छ ।

Advertisement

केही दिनअघि बीटीएसका सदस्यहरू जिन, आरएम, भी, जिमिन, जे-होप, जंगकुक र सुगाले अनलाइन फ्यान प्लेटफर्म ‘वेभर्स’मार्फत यो जानकारी दिएका हुन् ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया