त्रिशूली अपडेट : बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास



नागरिक अपडेट


नुवाकोट । त्रिशूली नदीको बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले मंगलबार बिहान ६:१० बजे जारी गरेको सूचनामा पानीको सतह अझै बढ्दो क्रममा रहेको उल्लेख गरिएको छ।

Advertisement

बाढीको सम्भावनालाई मध्यनजर गर्दै त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

Advertisement


विभागले नदी आसपासका जोखिमयुक्त क्षेत्रहरूमा आकस्मिक बाढीको सम्भावना रहने भएकाले सावधानी अपनाउन तथा आवश्यक तयारी अवस्थामा रहन अनुरोध गरेको छ। त्रिशूली नदी रसुवा, नुवाकोट, धादिङ जिल्ला हुँदै बग्ने गर्छ ।

Advertisement

यो पनि….

त्रिशूली नदीमा बाढीको जोखिम,सतर्कता अपनाउन अनुरोध

त्रिशूली नदीमा बाढीको जोखिम,सतर्कता अपनाउन अनुरोध

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया