नदीमा पानीको बहाव अझै उच्च,मालवाहक कन्टेनरहरू बगायो



नागरिक अपडेट


काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीले रसुवाको नेपाल–चीन सिमाना जोड्ने मितेरीपुलमा बगाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान करिब ३:१५ बजे पुलमा क्षति पुगेको हो।

Advertisement

छिमेकी चीनतर्फ अविरल वर्षापछिको बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीको मितेरीपुलमा क्षति पुगेको हो। सोही वडाको टिमुरेस्थित भन्सार यार्डमा समेत बाढी पस्दा त्यहाँ रहेका केही मालवाहक कन्टेनरहरू बगाएको प्राधिकरणले जनाएको छ।

Advertisement

हालसम्म कुनै मानवीय क्षति नदेखिएको भए पनि नदीमा पानीको बहाव अझै उच्च रहेकोले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

Advertisement

प्राधिकरणले स्थानीय प्रशासन, सुरक्षा निकायहरू तथा सरोकारवाला निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन पनि अनुरोध गरेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया