काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा बाढी आएपछि उद्धारमा खटिएर टिमुरेमा फसेका दुईजना सुरक्षाकर्मी र ७ स्थानीयका उद्धार गरिएको छ ।
टिमुरे स्थित भन्सार कार्यालयको यार्डमा फसेका प्रहरी सहायक हवलदार कृष्ण चौधरी र सशस्त्र प्रहरी बलका एकजना सुरक्षाकर्मीलाई उद्धार गरिएको रसुवाका डीएसपी हेम शाहीले रातोपाटीलाई बताए ।
टिमुरेमा बाढीले गर्दा अलपत्र परेका ७ जना स्थानीयलाई पनि सुरक्षित रूपमा उद्धार गरिएको डीएसपी शाहीले जानकारी दिए । उनले भने, ‘टिमुरेमा फसेका स्थानीय र सुरक्षाकर्मीलाई उद्धार गरिएको छ ।’