रसुवा प्रशासन भन्छ-चीनसँगको सम्पर्क टुट्यो,बेपत्ता भएकाको अवस्था अज्ञात



नागरिक अपडेट


काठमाडौं- नेपाल-चीन सिमानास्थित ल्हेन्दे खोलामा मंगलबार बिहान ३ बजे आएको भीषण बाढीले ठूलो क्षति गरेको छ। चीनको ल्हेन्दो र केरुङ खोलामा आएको बाढी नेपालस्थित भोटेकोशीमा भीषण रुप लिँदा रसुवागढी र चीनको केरूङ जोड्ने मितेरी पुल नै बगाएको छ ।

Advertisement

बाढीले रसुवा भन्सार कार्यालयको सेडघरमा रहेका मालवाहक कन्टेनर बगाएको छ। त्यसैगरी दर्जनौँ ईभी गाडी पनि बगाएको छ । मालवाहक गाडीका चालक, प्रहरीसहित नेपाली र चिनियाँ गरी १८ जनालाई बाढीले बगाएर बेपत्ता बनाएको छ । भोटेकोशी नदीमा आएको बाढीमा बगेर मृत्यु भएकामध्ये अहिलेसम्म सातजनाको शव फेला परेको छ ।

Advertisement

नेपला प्रहरीकाअनुसार बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ । बाढीबाट रसुवाको गोसाइकुण्ड गाउँपालिकाका १, २ र ३, आमाछोदिङ्मो गाउँपालिकाका १, २, ४ र ५ उत्तरगया गाउँपालिकाका २, ४ र ५ तथा कालिका गाउँपालिकाको १ नम्बर वडा धेरै प्रभावित भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीले ठूलो परिमाणमा भौतिक सम्पत्ति नष्ट भएको छ।

Advertisement

नुवाकोटको विदुर नगरपालिका–९ स्थित त्रिशूली नदीमा मङ्गलबार बिहान फसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिँदै । काठ टिप्न जाने क्रममा फसेका स्थानीय ५६ वर्षीय पाल्देन तामाङ र उहाँको श्रीमती ५१ वर्षीया मङ्गली तामाङको नेपाली सेनाको हेलिकप्टर मार्फत नेपाली सेनाले उद्धार गरेको हो । तस्बिर : रासस

मानव अंग फेला
उता बाढीमा परेका एकजना मानिसको खुट्टा पनि फेला परेको छ । उत्तरगया गाउँपालिका वडा नं. ५ स्थित खोला किनारमा पुरुष व्यक्तिको दाहिने खुट्टा फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

क्षति
नेपाल-चीन जोड्ने मितेरी पुल बगाएर सडक सम्पर्क पूर्ण रुपमा टुटेको,
स्याफ्रुबेंसी-रसुवागढी सडकखण्ड बाढीले गर्दा पूर्ण रुपमा अवरोध भएको,
रसुवा भन्सार कार्यालयको यार्डमा ठूलो क्षति,
इलेक्ट्रिक गाडीको चार्जिङ स्टेशनमा क्षति
रसुवागढी जलविद्युत आयोजनाको ड्याममा सामान्य क्षति
रसुवा भन्सार कार्यालय, टिमुरेको यार्ड/सुख्खा बन्दरगाहमा क्षति
भन्सार जाँच पासलाई राखिएकाला केही मालवाहक ट्रक कन्टेनर र विद्युतीय गाडी बगायो

उद्धार गरिएकाको विवरण
१ पुरुषको सुरक्षा निकायबाट संयुक्त रुपमा उद्धार
२ महिला र २१ पुरुषसहित २३ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार
२ महिला र २१ पुरुषसहित २३ जनाको सुरक्षा निकायद्वारा संयुक्त रुपमा उद्धार
उद्धार गरिएकामध्ये ५० नेपाली, ४ भारतीय र १ जना चिनियाँ नागरिक ।

बेपत्ताहरूको सूची
१. श्री लाल बहादुर श्रेष्ठ (नेपाल प्रहरी)
१०. श्री फुर्वा लामा (सिन्धुपाल्चोक)
२. श्री मुना ठाकुर (नेपाल प्रहरी)
३. श्री लोकेन्द्र बोहरा (नेपाल प्रहरी)
४. श्री जिपन चौधरी (बर्दिया)
५. श्री सन्तोष दहित (बर्दिया)
६. श्री बुद्धिराम थारु (बर्दिया)
७. श्री लक्ष्मीनारायण बारू (बर्दिया)
८. श्री सुरेश थारु (बर्दिया),
९. श्री नरेन्द्र वि.क. (बागलुङ)
११. श्री गोविन्द मोक्तान (नखुलेको)
१२. श्री लोकमान तामाङ (नखुलेको)
१३. YU YUE (चिनियाँ नागरिक)
१४. LI HUAQING (चिनियाँ नागरिक)
१५. YANG CHUAN (चिनियाँ नागरिक)
१६. HAI HANG (चिनियाँ नागरिक)
१७. YOU XIAO QIU (चिनियाँ नागरिक)
१८. JOU YONG (चिनियाँ नागरिक)

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया