गुल्मी । गुल्मी जिल्लामा यो वर्ष मनसुनको समयमा बाढी र पहिरोबाट उच्च जोखिम रहने अनुमान गरिएको छ। जिल्लाका २ नगरपालिका र १० गाउँपालिकामा पहिरोका १४४ र बाढीका ६१ गरी कुल २०५ स्थान सम्भावित विपद् जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान भएका छन्।
जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी हरिप्रसाद गैरेका अनुसार, बाढी र पहिरोको जोखिमबाट २२ हजार ४७२ जना प्रभावित हुने अनुमान गरिएको छ। जोखिम मूल्याङ्कन स्थानीय तहहरूमार्फत गरिएकामा जिल्ला विपद् व्यवस्थापन समितिमा पेश गरिएको छ।
स्थानीय तहअनुसारको जोखिम क्षेत्र विवरणः

सतर्कता र पूर्वतयारी
निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार, मनसुनजन्य विपद् जोखिमबाट नागरिकहरू चनाखो बन्नु आवश्यक छ। जोखिम भएका स्थानका बासिन्दालाई सम्भावित घटना देखिएमा सुरक्षित स्थल-जस्तै खुला चौर, विद्यालय, खाली भवन आदि मा सर्न आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुरूप जोखिमयुक्त क्षेत्रहरूको सूची तयार गरी जिल्ला विपद् व्यवस्थापन समितिमा पेश गरेको हो।





