सिरियामा इजरायली हवाई आक्रमणः तीन जनाको मृत्यु, ३४ घाइते



एजेन्सी


काठमाडौँ । इजरायली सेनाले सिरियाको राजधानी दमास्कसमा रहेको राष्ट्रपति भवन नजिकै र रक्षा मन्त्रालय वरपर हवाई आक्रमण गरेको छ। इजरायली सेनाले सैन्य लक्ष्यहरूलाई निशाना बनाइएको दाबी गरेपनि आक्रमणमा सर्वसाधारण पनि प्रभावित भएका छन्।

Advertisement

सिरियाको स्वास्थ्य मन्त्रालयका अनुसार घटनामा कम्तिमा तीन जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर छ। आक्रमणपछि दमास्कसको आकाशमा बाक्लो धुवाँ देखिएको थियो।

Advertisement

इजरायली रक्षा बलले एक्समार्फत पोस्ट गर्दै दक्षिण सिरियामा ड्रुज समुदायको सुरक्षाका लागि आक्रमण गरिएको दाबी गरेको छ। रक्षा बलले सिरियाली सेना र स्थानीय मिलिसिया समूहबीच बढ्दो द्वन्द्वका कारण हस्तक्षेप गरिएको उल्लेख गरेको छ।

Advertisement

सिरियाली सरकारले भने इजरायली आक्रमणलाई “अपराधिक र गैरकानुनी” भन्दै कडा आपत्ति जनाएको छ। राष्ट्रपतिको कार्यालयले जारी गरेको वक्तव्यमा इजरायली गतिविधिले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामाथि गम्भीर अतिक्रमण भएको आरोप लगाएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया