यूएईको जेलमा रहेका १२० जना नेपालीलाई आममाफी



नागरिक अपडेट


काठमाण्डौ – संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १२० जना नेपालीलाई आममाफी दिएको छ । विभिन्न कसूरमा यूएईको जेलमा रहेका नेपालीहरूलाई यूएई सरकारले आममाफी दिएको नेपाली राजदूतावासले जनाएको छ ।

Advertisement

दूतावासका अनुसार ईस्लाम धर्मालम्बीहरूको महान पर्व ईद अल–अदाहका अवसरमा यूएई सरकारले बाँकी सजाय मिनाहा गरी आममाफी दिएको हो ।

Advertisement

यूएई सरकारको यो निर्णयप्रति नेपाली दूतावासले आभार तथा कृतज्ञता व्यक्त गरेको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया