इङ्गल्यान्ड महिलाको टोली युरो २०२५ को फाइनलमा



एजेन्सी


काठमाडौँ । इङ्गल्यान्डको महिला फुटबल टोली युरो २०२५ को फाइनलमा प्रवेश गर्न सफल भएको छ। नेपाल समयअनुसार बुधबार बिहान १२ः४५ बजे सुरु भएको सेमिफाइनल खेलमा इङ्गल्यान्डले इटलीलाई अतिरिक्त समयमा २–१ गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

Advertisement

खेलको पहिलो हाफमा इटालीकी बारबरा बोनान्सियाले ३३औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। इङ्गल्यान्डले दोस्रो हाफको अन्त्यमा १९ वर्षीया मिचेल अगेमाङले इन्जुरी समयमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याइन्।

Advertisement

खेल अतिरिक्त समयमा धकेलिएको थियो, जहाँ इङ्गल्यान्डले पेनाल्टी प्राप्त गर्‍यो। क्लो केलीको पहिलो प्रहार रोकिए पनि उनले रिबाउन्डमा गोल गर्दै इङ्गल्यान्डलाई जित दिलाइन्। अब इङ्गल्यान्डले उपाधिका लागि स्पेन र जर्मनीबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया