पाल्पामा कार दुर्घटना हुदा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्षसहित तीन घाइते



नागरिक अपडेट


पाल्पा । पाल्पामा कार दुर्घटना हुदा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्षसहित तीन घाइते भएका छन् । पाल्पा जिल्लाकाे तानसेन नगरपालिका–५, सेतीपोखरीमा भएको कार दुर्घटनामा तीन जना घाइते भएका छन् ।  बुटवलबाट गुल्मी जाँदै गरेको बा ११ च ६५५६ नम्बरको कार सेतीपोखरी नजिकै दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष रेसुंगा नगरपालिका–८ का ईश्वरी पौडेल, रेसुंगा नगरपालिका–१ का चालक रामप्रसाद पन्थी र मृगेन्द्रप्रसाद श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । 

Advertisement

दुर्घटनाग्रस्त कार सडकदेखि करिब ५० मिटर तल अर्को सडकमा खसेको छ । घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया