मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक,यस्ता छन् निर्णयहरु



नागरिक अपडेट


काठमाडौँ । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक भएका छन् । बुधबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।

Advertisement

बैठकले राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थीलाई भुटान भ्रमणको स्वीकृति दिने, विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने,गृहमन्त्री रामनाथ अधिकारीको इथियोपिया भ्रमण स्वीकृत गर्नेलगायतका निर्णय गरेको छ ।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया