प्यूठान नगरमा तीन वर्षमा ५ किलोमिटर सडक कालोपत्रे



नागरिक संवाददाता


प्यूठान । प्यूठान नगरपालिकाले पछिल्ला तीन वर्षमा ५ किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरेको जनाएको छ। नगर प्रवक्ता सुमन श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७९ देखि २०८१ सम्म ५ दशमलव ८४ किलोमिटर सडक कालोपत्रे गरिएको हो।

Advertisement

त्यस्तै, १ हजार ६५१ मिटर सडकमा ढलान, १५ किलोमिटरमा ग्राभेल, १० दशमलव ६ किलोमिटर नयाँ ट्र्याक विस्तार र २१ दशमलव ७५३ किलोमिटर सडकमा स्तरोन्नति गरिएको उनले जानकारी दिए। उनका अनुसार हालसम्म नगरभित्र नालीसहित ३९ दशमलव ५३५ किलोमिटर पक्की सडक निर्माण भइसकेको छ।

Advertisement

पत्रकार भेटघाट कार्यक्रममा नगरपालिकाले किसान पेन्सन, सहिद परिवारलाई भत्ता, उत्पादन र अनुदानमा आधारित बजारीकरण, अनाथ बालबालिकाका लागि आवासीय शिक्षा, बेसार प्रशोधन केन्द्र, कृषिबाली बीमा, उद्योगी–व्यवसायीको बीमा लगायतका कार्यक्रमहरू सञ्चालनमा ल्याएको जानकारी पनि कार्यक्रममा दिइयो।

Advertisement

नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरेर ‘एक वडा, एक कालोपत्रे सडक’ अभियानअन्तर्गत पछिल्ला तीन वर्षमा गरेका भौतिक पूर्वाधारका कामहरूको विवरण सार्वजनिक गरेको हो।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया