प्यूठान नगरपालिकाद्वारा सडक क्षेत्रभित्रका संरचना हटाउन आग्रह



नागरिक अपडेट


प्यूठान — प्यूठान नगरपालिकाले क्वाडी–बिजुवार–बाग्दुला सडक विस्तारका लागि सडक क्षेत्राधिकारभित्र रहेका संरचना हटाउन ३५ दिने सूचना सार्वजनिक गरेको छ।

Advertisement

सडक डिभिजन कार्यालय प्यूठान, संघीय सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङ र प्यूठान नगरपालिकाको संघीय समपूरक अनुदानतर्फको स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्यूठान नगरपालिका–१ बेलुवा देखि वडा नम्बर ८ बाग्दुला (चेनेज ५०+००० किमि देखि ५८+००० किमि) सम्मको सडक स्तरोन्नति गरिनेछ।

Advertisement

सडकको केन्द्र रेखाबाट दायाँ ७.५ मिटर र बायाँ ७.५ मिटर गरी कुल १५ मिटर चौडाइ कायम गरिने जनाउँदै उक्त क्षेत्रभित्र पर्ने पक्की र कच्ची संरचना तथा निजी सामग्री ३५ दिनभित्र हटाउन सूचना जारी गरिएको हो। तोकिएको समयभित्र नहटाएमा सडक ऐन २०३१ अनुसार कारबाही गरिने जनाइएको छ।

Advertisement

प्यूठान नगरपालिकाका अनुसार सडक विस्तारका लागि १० करोड रुपैयाँ बराबरको बजेट स्रोत सुनिश्चित भइसकेको छ। यसअघि नगरपालिकाले सडक विस्तारसम्बन्धी सुझाव संकलनका लागि बृहत् नागरिक अन्तरक्रिया कार्यक्रम पनि गरेको थियो।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया