इंग्ल्यान्डविरुद्धको टेस्टःस्टोक्सको घातक बलिङले भारत दबाबमा



नागरिक अपडेट


काठमाडौं – इंग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा भारत दबाबमा परेको छ। इङ्गल्यान्डका कप्तान बेन स्टोक्सले पाँच विकेट लिएपछि भारतले दोस्रो टेस्टमा ३५८ रनको मध्यम स्कोर खडा गरेको छ।

Advertisement

बिहीबार दोस्रो दिनको खेल सकिँदा यशस्वी जयसवालले ५८, साइ सुदर्शनले ६१ तथा ऋषभ पन्तले ५४ रन जोडे। इङ्गल्यान्डका बेन स्टोक्सले ५ तथा जोफ्रा आर्चरले ३ विकेट लिए। इङ्गल्यान्डका ज्याक क्रोलीले ८४ तथा बेन डकेटले ९४ रन जोडे। डेब्यु गरेका अशुल खम्बुजले पहिलो टेस्ट विकेटको रूपमा डकेटलाई आउट गरे।

Advertisement

Advertisement

इङ्गल्यान्डका जोए रुट ११ तथा ओलिप पोपले २० रनबाट शुक्रबार खेल्न सुरु गर्ने छन्। भारतले ऋषभ पन्तलाई चोटका कारण पहिलो दिनको सुरुमै गुमाएको थियो । उनी दोस्रो दिन ब्याटिङमा फर्किएका थिए ।

टस जितेर फिल्डिङ रोजेको इंग्ल्यान्डले यो टेस्ट जिते कप्तान बेन स्टोक्सको निर्णय ऐतिहासिक ठहर हुने छ। यसअघि म्यानचेस्टरमा पहिला फिल्डिङ गरेका कुनै टोलीले खेल जितेका छैनन्।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया