उज्जवल गिरी,नन्दु परियार,अमृता पौड्लको स्वरमा रहेको तिज गित”कोठीगालैमा”सार्वजनिक 



नागरिक संवाददाता


गोकर्ण पाण्डे,काठमाडौ। पछिल्लो समय बजारमा दिन प्रति दिन नयाँ नयाँ तिजका गितहरु बजारमा आइरहेका छन्।त्यसै क्रममा हरितालिका तिजको अबसर परी “कोठीगालैमा” बोलको गित सार्वजनिक भएको छ।

Advertisement

नयाँ तथा पुराना कलाकारहरुलाई तीजका गीतहरु सर्बजनिक गर्ने चटारो वढेको छ। बजारमा यतिबेला बिभिन्न खाले तीज गीत सार्वजनिक भैइरहेका छन् । यस वर्षको तिज पर्वको अबसर पारि “कोठीगालैमा” बोलको नयाँ गीत बजारमा सार्बजनिक गरेको उज्जवल गिरी ले बताउनु भयो।

Advertisement

बजारमा आएका गितले जस्तै यो गितले पनि धेरै दर्शकको माया पाउने बिश्वास रहेको गायक गिरीले जानकारी गराउनु भयो। छोटो समयमा धेरै दर्शक श्रोताको मन जित्नेमा उनको भनाइ छ। उज्जवल गिरी,नन्दु परियार,अमृता पौड्लको आबाजमा गित सुन्न सकिन्छ। हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने रमाईलो गित बनेर बजारमा आएको छ।

Advertisement

गितको लय नन्दु परियार गर्नु भएको छ।भने शब्द उज्जवल गिरी ले गरेका छन् । म्युजिक भिडियो मा कलाकार नारायणी खत्री सुरेश कोहलीको अभिनय देख्न सकिन्छ।म्युजिक भिडियो गायक उज्जवल गिरीको यूटुव च्यानल बाट बजारमा आएको छ।

भिडियो

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया