८ घण्टासम्म मुखले सास दिएर नवजात शिशुको ज्यान जोगाएकी अनमी



नागरिक अपडेट


बैतडी । बैतडीकी २० वर्षीया अनमी जानकी पुजाराले निस्सासिएको अवस्थामा जन्मिएको एक नवजात शिशुको ज्यान मुखले सास दिई बचाउन सफल भएकी छन्।

Advertisement

सिगास गाउँपालिका अन्तर्गतको कान्धार आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत अनमी पुजाराले करिब ८ घण्टासम्म नवजातलाई मुखबाट सास दिँदै जीवनदान दिएकी हुन्।

Advertisement

स्वास्थ्य केन्द्रमा जीवनरक्षक उपकरणको अभाव थियो। त्यसमाथि गाउँमा यातायातको सुविधा समेत नहुँदा शिशुलाई सुविधासम्पन्न अस्पतालमा लैजान सकिएको थिएन।

Advertisement

हेलिकप्टर पनि जान नमानेपछि विकल्प नभएको अवस्थामा अनमी पुजाराले मानवीयता र साहस देखाउँदै बच्चाको ज्यान बचाएकी हुन्। ‘उहाँले बच्चालाई बचाउन जुन समर्पण देखाउनुभयो, त्यो साँच्चै प्रेरणादायी छ,’ स्थानीय भूपी सरोबरले भने।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया