इलाम । इलाम जिल्लास्थित बरफल्यांग वर्षामापन केन्द्रमा पछिल्ला ३ घण्टामा मध्यम वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार सो क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेकाले त्यहाँबाट बग्ने साना खोलाहरूमा पानीको बहाव बढ्न सक्ने जोखिम रहेको हो।
विभागले खोलानाला आसपास तथा होचा भू–भागमा बसोबास गर्ने स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। संभावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित रहन र आवश्यक परेमा सुरक्षित स्थानतर्फ सर्न पनि आग्रह गरेको छ।