कालिका युवा क्लवको आयोजनामा वृहत् तीज गीत प्रतियोगिता हुँदै



नागरिक संवाददाता


गंगु कुँवर मगर,गुल्मी। कालिका युवा क्लव रेसुङ्गा नगरपालिका १४, रातामाटा, गुल्मीको आयोजनामा हिन्दु नारीहरूको महानपर्व हरितालिका तिजको अवसर पारेर बृहत तीज गीत प्रतियोगिता हुने भएको छ ।

Advertisement

प्रतियोगिता यही साउन २८ गते बुधबारका दिन त्रिभुवन माध्यमिक विद्यालय रेसुङ्गा नगरपालिका -१४, रातामाटाको प्राङ्गणमा आयोजना गरिएको र उक्त प्रतियोगितामा सम्पूर्ण महिला समूहहरू, आमा समूहहरू, क्लवहरु, विद्यालयहरू तथा सम्पूर्ण संघ-संस्थाहरूलाई सहभागिताको लागि आव्हान गरिएको कल्वले जनाएको छ ।

Advertisement

प्रतियोगितामा प्रतियोगीहरूको समूह वाद्यवादनसहित १० जनाको हुनुपर्ने,गीत र नृत्य मौलिक संस्कृति झल्किने, विकृति विसङ्गति न्यूनीकरण गर्ने र जनचेतनामूलक हुनुपर्ने ,गीतमा कुनै व्यक्ति, समूदाय, जात तथा राजनीतिक दललाई आक्षेप लगाउन नपाईने,प्रस्तुती स्टेजमा हुनुको साथै समय १० मिनेटको हुने,मौलिक भेषभुषालाई प्राथमिकता दिइने, वाद्यवादनको व्यवस्था प्रतियोगी समूह स्वयम्ले नै गर्नुपर्ने,निर्णायक समूहको नतिजा नै सर्वमान्य हुने र आयोजकले तोकेको समयभित्र उपस्थित हुन नसक्ने समूहलाई प्रतियोगितामा समावेश गराउन नसकिने आयोजकले जनाएको छ ।

Advertisement

समूह सहभागी हुनको लागि दर्ता शुल्क ५ सय रूपैँया रहेको र प्रतियोगितामा प्रथम हुने समूहले नगद रु. १५ हजार र प्रमाणपत्र , द्वितीय हुने समूहले नगद रु. १२ हजार र प्रमाणपत्र र तृतीय हुने समूहले नगद रु. ९ हजार र प्रमाणपत्र पाउनेछन् भने प्रतियोगितामा सहभागी सम्पूर्ण समूहलाई नगद रु १ हजार र सहभागिताको प्रमाणपत्र प्रदान गरिने कल्वका अध्यक्ष दुर्गा प्रसाद गौतमले जानकारी दिनुभयो ।दर्ता समय साउन २८ गते बुधबार बिहान १०:३० बजेसम्म रहेको र कार्यक्रम बिहान ११:०५ बजेदेखि सञ्चालन गरिने कल्वले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया