प्युठानमा दुई फरक चोरी प्रकरणमा संलग्न दुई जना पक्राउ



नागरिक अपडेट


प्युठान । प्युठानमा भएका दुई फरक चोरी घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। झिमरुक गाउँपालिका–८ टिमुरचौरका १९ वर्षीय गोविन्द दमै (नरेन्द्र दमै) साउन २८ गते खलंगाका दुई घरबाट नगदसहित सामग्री चोरीमा संलग्न देखिएपछि पक्राउ परेका हुन्।

Advertisement

त्यस्तै, ऐरावती–२ ददेरीपाटास्थित राकेश खड्काको होटलबाट टेलिभिजनसहित चोरी भएकोमा सोही ठाउँका २४ वर्षीय शान्त बहादुर रावतलाई साउन ३१ गते पक्राउ गरिएको छ।

Advertisement

दुवै जनालाई ४८ घण्टा नबित्दै पक्राउ गर्न सफल भएको र अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक केशब केसिले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुवै घटनामा थप अनुसन्धान जारी छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया