आज विधायन समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची



नागरिक अपडेट


काठमाडौँ। सङ्घीय संसद् अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ। बिहान ११ः३० बजे बस्ने बैठकमा ‘राष्ट्रिय विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

Advertisement

यो विधेयक २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता गरिएको थियो। २०८१ फागुन ४ गते यसबारे सामान्य छलफल सम्पन्न भइ सोही दिन विधायन समितिमा दफावार छलफलका लागि पठाइएको थियो।

Advertisement

जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि प्राप्त वस्तुलाई वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्वारा प्रमाणको सङ्कलन गर्न प्रयोगशाला स्थापना गरिनेछ ।

Advertisement

विधेयकमा प्रयोगशालाको स्थापना र अधिकार, सञ्चालक समितिको गठन, परीक्षणसम्बन्धी नियम, कार्यकारी निर्देशक र कर्मचारी व्यवस्थापन, साथै कोष, लेखा र लेखापरीक्षण सम्बन्धी विस्तृत व्यवस्था प्रस्ताव गरिएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया