च्याम्पियन्स लिगमा आर्सनलको विजयी सुरुवात



नागरिक संवाददाता


काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा इङ्लिस क्लब आर्सनलले विजयी सुरुवात गरेको छ ।

Advertisement

स्पेनिस क्लब एथ्लेटिक बिलबाओविरुद्धको खेलमा आर्सनलले २-० को जित हात पार्‍यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा आर्सनलले आक्रामक प्रदर्शन गर्‍यो ।

Advertisement

७२औँ मिनेटमा ग्याब्रियल मार्टिनेलीले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ८७औँ मिनेटमा लिअन्ड्रो ट्रोसार्डले दोस्रो गोल थप्दै जित पक्का गरे ।यस जितसँगै आर्सनलले समूह चरणको पहिलो खेलमै महत्त्वपूर्ण तीन अङ्क जोडेको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया