गुल्मीको छत्रकोटमा आज सार्वजनिक बिदा



नागरिक संवाददाता


गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले कोजाग्रत पूर्णिमाको अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ। असोज २ गते भएको कार्यपालिकाको बैठकबाट यस गाउँपालिकाले आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को अवसरमा आफू मातहतका कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

Advertisement

कोजाग्रत पूर्णिमाको अवसरमा यस गाउँपालिकाको धार्मिक आस्थाको केन्द्र छत्रकोट देवालय चोयगामा विगतका वर्षहरुमाजस्तै सराँय नाच, खुँडा नाच लगायत विभिन्न परम्परागत धार्मिक कला संस्कृतिको संरक्षण तथा प्रवर्धनसम्बन्धी मेला लाग्ने भएको हुँदा सार्वजनिक बिदा दिएको बताइएको छ।

Advertisement

मेलालाई भव्य रूपमा सफल बनाउन गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयमा सार्वजनिक बिदा दिनुका साथै विशेष शान्ति सुरक्षाको व्यवस्था मिलाइएको छ। यहाँको सराँय नाचसँगै संस्कृति संरक्षणका लागि गाउँपालिका लागेको सूचनामा उल्लेख छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया