बसको ठक्करबाट एक जनाको मृत्यु, चार जना घाइते



नागरिक अपडेट


दाङ । दाङको देउखुरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालककको मृत्यु भएको छ। मृत्यु हुने लमही नगरपालिका–५ कोलही निवासी २२ वर्षीय विशाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव परिक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ।

Advertisement

सूचना अधिकारी शाहका अनुसार लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बर बसले रिहारदेखि लमहीतर्फ आइरहेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

Advertisement

बसमा सवार रहेका राप्ती गाउँपालिका–४ निवासी मिना ठकुरी, शिला परियार र मोटरसाइकल सवार लमही नगरपालिका–५ कोलही निवासी अशोक चौधरी र बस धनी सुशील वली घाइते हुनुभएको छ। प्रहरीका अनुसार घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया