गुल्मी-१ मा २१ जना र गुल्मी २ मा २२ जनाको उम्मेदवारी



नागरिक अपडेट


गुल्मी — गुल्मीका दुई प्रतिनिधि सभा सदस्यका लागि ४३ जनाले उम्मेदवारी दिएका छन् । गुल्मी-१ मा २१ जना र २ मा २२ जनाले उम्मेदवारी उम्मेदवारी दिएका हुन् ।

Advertisement

क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका डा. चन्द्र भण्डारी, नेकपा एमालेका प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टीका सुदर्शन बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकालले उम्मेदवारी दिएका छन् । दलीय र स्वतन्त्र गरी जम्मा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत कृष्णप्रसाद पाैडेलले जानकारी दिए । यस क्षेत्रमा राष्ट्रिय जनमाेर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका पार्टीबाट उम्मेदवारी परेको छ ।

Advertisement

क्षेत्र नम्बर २ मा नेकपा एमालेका गाेकर्ण बिष्ट, नेपाली काँग्रेसका भुवनप्रसाद श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महत, राष्ट्रिय स्वतन्त्र पार्टीका गाेविन्द पन्थीले उम्मेदवारी दिएका छन् । दलीय र स्वतन्त्र गरी जम्मा २२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत हरिहर पाैडेलले जानकारी दिए । यस क्षेत्रमा राष्ट्रिय जनमाेर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका पार्टीबाट उम्मेदवारी परेको छ ।

Advertisement

गुल्मी क्षेत्र नम्बर १ मा १ लाख २२ हजार १८६ जना र क्षेत्र नम्बर २ मा १ लाख ७ हजार ३६३ जना मतदाता छन् । जिल्लाभर १४५ वटा मतदान केन्द्र र २८४ वटा मतदान स्थल तोकिएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया