मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु



नागरिक अपडेट


रौतहट । रौतहटको गौर गंगापिपरा सडक खण्डको राजदेवी नगरपालिका–१ पथरा स्कुल नजिक भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा रौतहटको दुर्गाभगवती गाउँपालिका–२ का ३० वर्षीय अशोक महतो र रौतहट राजदेवि नगरपालिका–२ का २९ वर्षीय अरविन्द महतोको मृत्यु भएको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शुक्रबार गंगापिपराबाट गौरतर्फ आउँदै गरेको प्र.२–०३–०१८ प ३३४६ नं.को मोटरसाइकल र विपरित दिशातर्फ बाट जाँदै गरेको बि आर ३० ए एफ २३७० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।

Advertisement

दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो। दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया