निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनका २१ वटा स्पष्टीकरण सोध्यो



नागरिक अपडेट


काठमाण्डाै – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आचारसंहिता लागू भएको समयदेखि आज दिउँसोसम्म राजनीतिक दल, उम्मेदवार र संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधेको छ ।

Advertisement

स्पष्टीकरण साेधिएकामध्ये ५ वटाको जवाफ प्राप्त भइसकेको र बाँकीका लागि ताकेता भइरहेको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिनुभयो । आचारसंहिता कार्यान्वयन र निगरानीका लागि ७७ वटै जिल्लामा अनुगमन अधिकृत तोकिएको छ ।

Advertisement

यसैबीच मिथ्या, भ्रमपूर्ण र घृणास्पद सामग्रीको निगरानी गर्ने सूचना सदाचार प्रवर्द्धन इकाइले पहिचान गरेका ३ सय २ वटा हानिकारक सूचनालाई निर्वाचन आचारसंहिता, विद्युतीय कारोबार ऐन २०६३ र प्रेस काउन्सिल ऐन २०४८ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया