धादिङको चरौंदी नजिकैबाट त्रिशूलीमा बस खस्दा १७ यात्रुको मृत्यु, केहीको उद्धार हुँदै



नागरिक अपडेट


काठमाडौँ — पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खसेको छ ।

Advertisement

धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट सोमबार बिहान करिब सवा १ बजेतिर ग२ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेको हो ।

Advertisement

जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापका अनुसार घटनामा १७ जनाको मृत्यु भएको छ । अन्य २३ घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको राजमार्ग उद्दार व्यवस्थापन समितिको अध्यक्ष राजकुमार ठकुरीले जानकारी दिए । बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।

Advertisement

नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासीद्वारा उद्धार कार्य भइरहेको छ । घटना राति भएकोले उद्धार कार्यमा कठिनाइ भैरहेको छ । घटनाको विस्तृत विवरण पनि आइसकेको छैन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया