गुल्मी – सरकारले समयमै पाठ्यपुस्तक समयमा उपलब्ध नगराउँदा विद्यार्थीले पठनपाठनमा समस्या भोग्दै आएका थिए । शैक्षिक सत्र सुरुभएको महिनौं वितिसक्दा समेत ग्रामिण क्षेत्रका विद्यार्थी पाठ्यपुस्तकको पर्खाइमा बस्नुपर्ने बाध्यता थियो । तर, गुल्मीमा नयाँ शैक्षिक सत्र अगावै पाठ्यपुस्तक आइपुगेका छन् । आगामी शैक्षिक सत्र २०८१ का लागि जिल्लाभरका विद्यालयमा पुग्नेगरी समयमै पुस्तक आईपुगेको पुस्तक तथा स्टेशनरी व्यवसायीले जनाएका छन् ।
यतिबेला विद्यार्थी संख्याको आधारमा माग अनुसार पुस्तक विद्यालयसम्म पुराउने काम भईरहेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गुल्मीका उपाध्यक्ष रामबहादुर थापाले जानकारी दिए । कक्षा १ देखि ४ सम्म सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पुग्ने गरी जिल्लामा करिब पाँच हजार सेट पुस्तक आएका छन् । त्यस्तै कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुको लागि सात हजार सेट पुस्तक आएका छन् । कक्षा १ देखि ४ सम्म धेरै विद्यार्थी निजी विद्यालयमा भर्ना हुने भएकोले उपल्लो कक्षाको तुलनामा कम पाठ्यपुस्तक आएका हुन् ।
विगतका बर्षमा समयमा पाठ्यपुस्तक नहुँदा विगतका बर्षहरुमा पाठ्यपुस्तक समयमै प्रयाप्त सेटमा उपलब्ध नहुँदा यसको मार विद्यार्थीले खेप्दै आएका थिए । यसबर्ष भने प्रयाप्त सेटमा पुस्तक आईपुगेका छन् । जनक शिक्षा सामग्री केन्द्रले मागको आधारमा सबै पुस्तकहरु उपलब्ध गराएको व्यावसायीको भनाई छ ।
जिल्लामा ४६ वटा पुस्तक तथा स्टेशनरी व्यवसायी रहेका छन् । जिल्लामा सामुदायिकतर्फ प्राथमिक विद्यालय २८८, निम्न माध्यमिक विद्यालय ५९ र माध्यमिक विद्यालय (कक्षा ९ र १०) १२७ वटा रहेका छन् । त्यस्तै संस्थागत तर्फ प्राथमिक २७, निम्न माध्यमिक आठ र माध्यमिक १८ विद्यालय रहेको जिल्ला शिक्षा तथा समन्वय इकाई, गुल्मीले जनाएको छ । सरकारले विकट जिल्लाका विद्यालयमा समेट पाठ्यपुस्तक पठाउने कामलाई तीव्र पारिरहेको छ । निजी विद्यालयमा पढ्ने विद्यार्थीहरुको लागि निजी प्रकाशन गृहले प्रकाशन गरेका कारण समयमै पुस्तक आइसकेको जिल्ला शिक्षा तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बताए ।
‘विगतका बर्षमा शैक्षिक सत्र सुरुभएको महिनौ वितिसक्दा समेत विद्यार्थीको हातमा पुस्तक नपुग्दा विविध समस्या झेल्नु पथ्र्यो, ‘उनले भने’ ‘यो आर्थिक बर्षमा शैक्षिक सत्र अगावै पुस्तक जिल्लामा आईपुगेका छन्,आउँदो वैशाख १० गतेसम्म जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक पुग्नेछन्।’ ‘माग अनुसार पहिलेका बर्षमा पाठ्यपुस्तकको सेट ढिलो र कम आउने गर्दथ्यो तर , यो बर्ष प्रयाप्त सेटमा पुस्तक उपलब्ध भएका छन् जसका कारण विद्यार्थीलाई पठनपाठनमा सहज हुने छ’,‘उनले भने’।