काठमाडौँ । अनलाइन मार्फत ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ घर भएकी ३० वर्षीया अनु श्रेष्ठ छिन् । सामाजिक संजाल फेसवुक र ह्वाट्सएप मार्फत ‘सामान पठाएको छु’ भनेर उनले भन्सार चार्ज लाग्छ भनेर रकम असुल्ने गरेकी हुन् ।
आरोपीले हालसम्म २३ लाख रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए । आरोपी काठमाडौँको चप्पल कारखानाबाट पक्राउ परेकी हुन् ।