मालिकाकाे विकट गाउँ लिलिङ : भत्ता बुझ्न अर्को जिल्ला जानुपर्ने बाध्यता, जनप्रतिनिधिको पुगेन ध्यान



नागरिक अपडेट


सुमन महतारा,गुल्मी । गुल्मीको मालिका गाउँपालिकाकाे विकट गाउँ लिलिङ हो । गाउँपालिकाकाे वडा नम्बर १ लिलिङका नागरिक समाजिक सुरक्षा भत्ता बुझ्न पनि अर्को जिल्ला बागलुङको वुर्तिवाङ्ग जानुपर्ने बाध्यता रहिआएको छ । तर, यस बिषयमा मालिका गाउँपालिकाका जनप्रतिनिधिहरु देखेर पनि नदेखेको जस्तै गरी हिडिरहेका छन् ।

लिलिङका १७ जनाले सामाजिक सुरक्षा भत्ता बुझ्ने गर्छन् । उनीहरू मध्ये केही दृष्टिविहीन छन् । केही प्यारालाइसेसले शरीर नै चल्न नसक्ने अवस्थाका छन् भने केही एकल छन् । सामाजिक सुरक्षा भत्ता बुझ्न जानका लागि तल भिमगिठे माेटरबाटाे सम्म लैजाने साहार समेत नहुदा समस्या झेल्नुपरेको बृद्ध मनरुपि श्रीसले बताइन् ।

उनले चुनावमा टाेलमै आएर भत्ता दिन्छौं भने एकपटक त दिए पनि त्यसपछि आफ्नो दुख पुरानै अवस्थामा रहेको बताइन् । ‘कुर्सीमा जाे पुगेपनि हाम्रो साहाराका लागि कसैले केही गरेनन्´अर्की बृद्धा तथा दृष्ठिबिहिन रत्नी भण्डारीले बताइन्, `सिटामल चाहिए पनि अर्काे जिल्ला जानुपर्छ अरु त के नै आस गर्ने’ गुनासाे गरिन् ।

प्यारालाइसिसले हानेको बर्षाैं भयो भत्ता बुझ्न जानुपर्छ बुर्तिबाङ एक्लै जान सक्दैन् साहार लिएर जानुपर्छ दुई जनाको भाडामै एक हजार जान्छ खाजा पनि खानुपर्याे दुई तीन घण्टाकाे दुरिमा जादा ६ हजार बुझ्न जादा दुई हजार त बाटै खर्च हुने गरेको अर्का तेज बहादुर दमाइले गुनासो गरे ।

लिलिङ्का नब्बे प्रतिशत बढी बुद्ध बृद्धाहरु आफै सामाजिक सुरक्षा भत्ता बुझ्न जान नसक्ने अवस्थाका र गाडीमा जानुपर्ने साहारा समेत चाहिने अवस्थाका रहेको स्थानीय युवा ज्ञान बहादुर बलामीले बताए । उनले लिलिङ गाउँकाे समस्या सुन्ने मान्छे नभएको गुनासो गरे हामीले कर तिर्ने भनेको मालिकामा हाे सेवा सुविधा सबै बाग्लुङबाट हाे ।

चुनावमा टाेलमै सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य इकाई, वडा सम्पर्क कार्यालय भनिएपनि केही नभएको उनले गुनासो गरे । गाउँपालिका पञ्जिकरण साखा प्रमुख सुरेश अर्यालले बैंककाे समस्याका कारण यस्तो अवस्था भएको र छिटो हल हुने उनले बताएका छन् । लाईभ गुल्मी

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया