कैलालीको कैलारी गाउँपालिकामा नुहाउने क्रममा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। कैलारी–८, लोहरपुरस्थित तेडी बाँधमा आज दिउँसो नुहाउने क्रममा डुबेर सात वर्षीय अनिल खड्का र १३ वर्षीय दुर्गा साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।
डुबेर गम्भीर अवस्थामा पुगेकी साउदको अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरस्वती अधिकारीले बताइन्। खड्काको नहरमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुवैजनाको शव धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ।