पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ



नागरिक अपडेट


पोखरा । पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन्। पोखरा ३० खुदीमा लागूऔषध कारोबार भएको सूचना पाएपछि खानतलासी गर्दा खैरो हिरोइनसहित पक्राउ परेका हुन्।

Advertisement

सडक किनारमा पार्किङ गरिराखेको ग ११ प ७७४५ नम्बरको स्कुटरबाट ०.६२ ग्राम खैरो हिरोइन बरामद भएको हो। कारोबारमा संलग्न भएको आरोपमा पोखरा ३० खुदीका २६ वर्षीय किरण पौडेल र २४ वर्षका वसन्तराज घिमिरे पक्राउ परेका छन्।

Advertisement

उनीहरूलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया