अग्निपीडितलाई नगद सहयोग



नागरिक अपडेट


सप्तरी – जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आज जिल्लाको महादेवा गाउँपालिका–१ चिम्टीका आगलागी पीडित परिवारलाई रु सात लाख ८५ हजार नगद सहयोग वितरण गरेको छ । समितिले पीडित परिवारका पाँच जनासम्मलाई रु १५ हजार र सोभन्दा बढी सदस्य रहेका परिवारलाई २० हजारका नगद वितरण गरिएको समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

आगलागी पीडित १९ परिवारलाई २० हजार र २७ परिवारलाई १५ हजारको दरले सात लाख ८५ हजार नगद राहत वितरण गरिएको उनले जानकारी दिए । विसं २०८१ वैशाख १८ गते आगलागी हुँदा ४६ घर परिवारको घर जलेर स्वाह भएको समितिले जनाएको छ । आगलागी पीडितको नागरिकता, घरयकिन र मतदाता विवरणलगायत तथ्यगत विवरण सङ्कलनमा केही समय लागेकोले नगद राहत वितरण केही ढिलो भएको प्रजिअ थापाले बताए ।

राहत वितरण कार्यक्रम महादेवा गाउँपालिका अध्यक्ष सुनीलकुमार मण्डल, प्रमुख सेनानी रमेश पाण्डे, प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्य, सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंह र राष्ट्रिय अनुसन्धान सप्तरी प्रमुख सुरेन्द्र कोइराला, वडाध्यक्ष जयकिशोर दास र वार्ड सदस्य कमल पर्सेया, सप्तरी युथका कावा अध्यक्ष मोहन यादव लगायतको उपस्थिति रहेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया