अर्घाखाँचीमा सडक दुर्घटनामा गम्भीर घाइते भएका मुखियाको निधन



नागरिक अपडेट


अर्घाखाँची – जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ११ रामपत निवासी कमल मुखियाको उपचारको क्रममा निधन भएको छ। अन्दाजी ३७ बर्षिय मुखिया सवार लु. २३ प्.८८९ नम्बरको मोटरसाइकललाई जेष्ठ ७ गते विहान मालारानीको बाँगीबाट सन्धिखर्क आउँदै गरेको देउराली यातायात प्रालिको लु. १ ज. १९८७ नम्बरको यात्रु वाहक जिपले बिहार नजिकै को सडकमा एक्कासी ठक्कर दिएको थियो।

Advertisement

Advertisement

जिपको ठक्कर बाट गम्भीर घाइते भएका मुखियालाई अर्घाखाँची अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागी बुटवलको चौराहा अस्पतालमा रिफर गरिएको थियो। दर्घटनामा गम्भीर घाईते मुखियाको चौराहा अस्पतालमा पनि उपचार हुन नसकेपछि निजलाई थप उपचारको लागी भैरहवा मेडिकल कलेज मा रिफर गरिएको थियो।

Advertisement

घाईते मुखियाको आइतवार बिहान करिव ९ :३० बजेको समयमा मुखियाको उपचारकै क्रममा मृत्यु भएको खबर प्राप्त भएको छ। मृतक कमल मुखियाको शव अहिले अस्पतालमै रहेको बुझिएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया