अफगानिस्तानविरुद्ध युगान्डाले पहिले फिल्डिङ गर्ने



नागरिक अपडेट


गुयाना । आईसीसी टी–२० विश्वकपमा अफगानिस्तानले मंगलबार बिहान युगान्डाको सामना गर्दैछ । खेल गुयानाको प्रोभिडेन्स स्टेडियममा नेपाली समय अनुसार बिहान ६ बजेर १५ मिनेटबाट सुरु हुनेछ ।

Advertisement

खेलमा युगान्डाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । दुई टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन् । समूह ‘सी’ मा वेस्ट इन्डिज र न्युजिल्याण्ड सुपर–८ पुग्ने दाबेदार मानिन्छन् । यस्तो अवस्थामा अफगानिस्तानले साना टोलीविरुद्ध जित दर्ता गर्न मात्र नभई आफ्नो नेट रन रेट कायम राख्न ठुलो जित हासिल गर्ने प्रयास गर्नेछ।

Advertisement

यता पहिलो पटक विश्वकप खेलिरहेको युगान्डा पनि विपक्षी अप्ठ्यारोमा पार्न चाहेको छ । टोली अफ्रिका क्वालिफायरमार्फत विश्वकपमा पुगेको हो । टोलीले जिम्बावेलाई पाँच विकेटले पराजित गरेको थियो। पूर्ण-समय सदस्यविरुद्ध टोलीको यो पहिलो जित थियो । यसले उनीहरूको अपेक्षा बढाएको छ।

Advertisement

पछिल्लो १२ महिनामा टी–२० को ट्र्याक रेकर्ड हेर्दा अफगानिस्तानले १७ खेल खेलेको छ । जसमध्ये ७ मा जित, ८ मा हार, १ मा बराबरी र १ खेलमा नतिजा आएन । उता युगान्डाले ३७ खेल खेलेको छ जसमध्ये ३२ मा जित र ५ मा हार बेहोरेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया