अर्घाखाँची । अर्घाखाँचीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका- ६ जगता स्थित ५४ बर्षिय भिम बहादुर खत्री क्षेत्री मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। टाउको र हातमा धारिलो हतियारले काटेको छ।
घटनाको प्रकृति हेर्दा हत्या भएको आसङ्का रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । हिजो दिउँसो भएको घटनामा सोधपुछको लागि मृतकको श्रीमतीलाई नियन्त्रणमा लिइएको र मृतकको पोष्ट्माटमको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको प्रहरीले जनाएको छ ।