बुटवलको श्रवणपथस्थित औषधीको पसलमा आगलागी



नागरिक अपडेट


बुटवल । बुटवलको श्रवणपथ स्थित औषधीको थोक पसलमा विहिबार साँझ लागेको आयो नियन्त्रणमा आएको छ । साढे ९ बजे लागेको आगो करिब १ घण्टाको प्रयासमा नियन्त्रणमा आएको हो ।

Advertisement

स्थानीय तथा इलाका प्रहरी कार्यालय बुटवलका जवानहरुले बुटवल उपमहानगरपालिकाको दुईवटा दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिएका थिए । औषधीको थोक कारोबार गर्ने आदर्श डिस्ट्रीब्यूटर्समा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

Advertisement

पसलको सटर फोडेर आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका इन्चार्ज डीएसपी विजयराज पण्डीतले बताए । सर्जिकल र केमिकलको थोक बिक्रेता रहेको पसलका अधिकांस सामान जलेर नष्ट भएको उनले बताए ।

Advertisement

पसलको क्षतिको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ । पसल संचालक बुटवलदेखि बाहिर रहेको बुझिएको र उनी आएपछि बिल बिजकका आधारमा क्षतिको विवरण संकलन गरिने डीएसपी पण्डितले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया